Logo
७ जेष्ठ २०८१, सोमबार
(November 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज अस्ताउँदो सूर्यलाई अर्घ दिइ सुनसरीमा हर्षोल्लासका छठ पर्व मनाउदै

आज छठ पर्वको मुख्य दिन सुनसरी जिल्लामा पनि हर्षोल्लासका साथ मनाइदैँ छ ।लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ ।

पाँचदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक एवं श्रद्धापूर्वक मनाइने छठ पर्वको आज (बुधबार) मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन पोखरी तलाउमा बनाइएको घाटमा रातिदेखि नै छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् ।

अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल , नदीतट र कतिपय श्रद्धालु भक्तजनहरूले आफ्नै घर अगाडि र शहर बजारमा आफ्नै घरको छत माथि सरसफाइ गरी आफ्ना लागि पूजास्थल सुरक्षित बनाएका छन् ।

घाटमा लाखौँ रकम खर्चेर सजावट र व्यवस्थापनका गरिएको छ । स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाइरहेका छन् त्यसले गर्दा छठ पर्वको छुटै रोनक छाएको छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।

सुनसरीको इनरूवा नगरपालिका , देवानगञ्ज गाउँपालिका , हरिनगर गाउँपालिका , बर्जु गाउँपालिका लगायतका स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष सजाबट गरिएको छ ।

युवाहरूले छठ पर्वको उपलक्ष्यमा विभिन्न प्रकारका मनोरजनात्क सांस्कृतिक कार्यक्रमहरू गर्न थालिएको छ ।

छठ पूजाका लागि सुनसरीका व्रतालुहरू राति पूजा घाटमै बस्छन् भने गाउँ क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् ।

यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

यस पर्वमा मुस्लिम समुदायका व्यक्तिहरू पनि सहभागी हुने गर्दछन् र यो पर्व बिधिवत रूपमा मनाउने गर्दछन्। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख, चर्म रोग निवारण हुने तथा सम्पूर्ण मनोकामना पूरा हुने विश्वास गरिन्छ।

प्रकाशित मिति: Nov 10, 2021

प्रतिक्रिया दिनुहोस्