Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामाको माग गर्दै पदर्शन गरीरहेको बेला प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ६ वटा इजलास तोकेका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराले २ एकल र ४ संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन् ।

प्रधानन्यायाधीशले सोमबार आफ्नो पनि इजलास तोकेका छन् ।प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरूले पनि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् । तर, प्रधानन्यायाधीश जबरा भने राजीनामा नदिने अडानमा छन् ।

उनले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको भन्दै कसैले राजीनामा दे भन्दैमा आफूले नदिने बताएका छन् ।

जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले सोमबारपनि पर्दशन गरेको छ । वकिलहरूले नेपाल बार एशोसिएसनबाट कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् ।

बारबाट सर्वोच्च अदालत प्राङ्गणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्