Logo
७ जेष्ठ २०८१, सोमबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवानगंजका युवा सक्रिय बन्दै : कहिँ जागरुक कार्यक्रम त कहिँ लोक सेवा पुस्तकालय स्थापना

प्रदेश एक स्थित सुनसरी जिल्लाको सबैभन्दा अविकसित क्षेत्र भनिएको देवानगंज गाउँपालिकाका युवाहरू सक्रिय बन्न थालेका छन् । राजनीतिदेखि निजामतीसम्ममा त्यहाँका युवाहरूले सक्रियता बढाएका हुन् ।

पछिल्लो केहि वर्षदेखि निजामती क्षेत्रमा उक्त पालिकाका युवाहरूले बलियो पकड बनाएका छन् भने शिक्षा, चिकित्सा, पत्रकारिता, सेयरबजारसँगै व्यपार-व्यवसयीक क्षेत्रमा पनि उतिकै पकड बनाएकाछन् ।

हाल जारी रहेको प्रमुख २ राष्ट्रिय राजनीति दल नेपाली कांग्रेस र नेकपा एमालेको अधिवेशनमा पनि उतिकै मात्रामा युवाहरूले स्थान लिन थालेका छन् ।

त्यस्तै प्रायः पालिका स्तरकै राजनीतिमा सिमित अवस्थाबीच अन्तराष्ट्रिय स्तरमा स्थापित युवा पत्रकार देवानगंज १ मध्यहर्षाहीका बीरेन्द्र केएम (कुमार मेहता) ले संसदीय राजनीति गर्ने घोषणा सहित नेपाली कांग्रेसमा आवद्ध भएका छन् ।

त्यसैगरी देवानगंज पब्लिक स्पिकर, युवाहरूका लागि जागरुकता लागि सार्वजनिक कार्यक्रम, दौड प्रतियोगिता लगायतका कार्यक्रमहरु समेत आयोजना हुने गरिएको छ ।

यसैबीच वडा नं ३ स्थित कप्तानगंजमा लोक सेवा पुस्तकालय स्थापना हुने भएको छ । यसै पालिकाका स्थानीय बासिन्दा तथा शाखा अधिकृत बाबुनन्दन मेहताले उक्त पुस्तकालय स्थापना गर्ने घोषणा गरेका हुन् ।

श्रीकृष्ण माध्यमिक विद्यालयमा उक्त पुस्तकालय स्थापना गर्न लागिएको उनले बताए । उक्त पुस्तकालयमा सरकारी सेवामा प्रवेश गर्न आवश्यक पर्ने विभिन्न प्रतियोगितात्मक परीक्षासंग सम्वन्धीत पुस्तकहरू उपलव्ध हुने मेहताको भनाई छ ।

देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता युवाहरूको जागरुकताले सिङ्गो पालिकाको नै विकास हुने भएकाले आफूलाई निकै खुशी लागेको बताए ।

राजनीतिमा युवाको पकड बिना देशको चौतर्फी विकास हुन नसक्ने भन्दै दक्ष तथा योग्य युवाहरू राजनीति नेतृत्वमा आउनुपर्ने आजको आवश्यकता भएको वरिष्ठ पत्रकार तथ सिभिल मिडिया एण्ड रिसर्च सेण्टरका अध्यक्ष बिरेन्द्र केएमको भनाई रहेको छ ।

उनले भने “मात्र निजामती होइन अन्य क्षेत्र होइन राजनीतिमा युवाको पकड प्रमुख प्राथमिकता हुनुपर्छ ।” राजनीतिमा सक्षम नेतृत्व नआएकै कारण देशको शासन व्यवस्था डमाडोल हुने गरिएको उनको भनाई छ ।

त्यसैगरी सेयरबजार कारोबारी तथा नाशा इन्भेष्टमेण्ट प्रालीका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले युवाहरूकै सक्रियताले नै पालिकाको चौतर्फी विकास हुने बताउँछन। उनि भन्छन् पालिकाको चौतर्फी विकासका लागि युवाको सक्रियता आवश्यक छ ।

त्यसैगरी संचारकर्मी अरबिन्द मेहता, शिक्षक तथा अधिकारकर्मी नरेश मेहता, स्थानीय बासिन्दा तथा अमेरिकी व्यवसायी राजीव मेहता, शिक्षक तथा अधिकारकर्मी सन्तकुमार मेहता, स्थानीय संचारकर्मीहरु विवेक मेहता, जुगेश दास, फेमिलियर इभेअन्ट मेनेजमेण्टका रोशन मेहता, पंकज मेहता लगायतका युवाहरूको सक्रियता पछिल्लो समय बढेको देखिन्छ ।।

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्