Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेको ५ दलीय गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको यो ५ दलीय गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ ।’

गठबन्धनलाई देश र संविधान समेत नचाहिएको ओलीको भनाइ छ । ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताए ।

उनले एमाले विरुद्ध अन्तराष्ट्रिय शक्ति समेत लागेको भन्दै एमाले विरुद्धका भ्रम तोड्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले संविधान एउटा पुस्तक भएको भन्दै त्यो पुस्तक च्यात्न कुनै समय नलाग्ने बताए ।

एमाले सरकार छोड्न तयार भएको छ तर संविधान च्यात्न र लोकतन्त्र तलमाथि हुन नदिने ओलीले बताए । उनले अघि भने, ‘नेकपा एमाले यो अठोटमा रहेकाले नै लोकतन्त्र अडिएको हो ।’

 

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्