Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट खर्च बढाउने गरी काम गर्न कर्मचारीहरूलाई मुख्यमन्त्री शाहीको निर्देशन

नवनियुक्त कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

बुधवार प्रदेश प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसँगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले जनतालाई परिवर्तनको अनुभूति दिने गरी काम गर्न निर्देशन दिँदै ठुलो भूगोल र कम जनसङ्ख्या भएको कर्णाली विकासका दृष्टिकोणले धेरै पछाडि रहेकाले अरू प्रदेश हिँड्दा कर्णाली दौडनुपर्ने अवस्था रहेकोसमेत बताए ।

प्रकाशित मिति: Nov 4, 2021

प्रतिक्रिया दिनुहोस्