Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराले अधिवक्ता रेग्मीको रिट पठाए संवैधानिक इजलासमा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अधिवक्ता रेग्मीको रिट पठाए संवैधानिक इजलासमा पठाएका छन् ।

बुधबार प्रधानन्यायाधीश जबराले प्रशासनिक टिप्पणी उठाइ संयुक्त इजलासमा रहेको अधिवक्ता डा. गणेश रेग्मीले दिएको उक्त रिटलाई संवैधानिक इजलासमा पठाएका बताइसकेका छन् ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीश विना संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्न सक्ने वा नसक्नेसम्बन्धी विवाद संवैधानिक इजलासमा नै पठाएको हो ।

प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भनी अधिवक्ता रेग्मीले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको इजलासले उक्त रिटको अन्तिम किनारा नलागेसम्म प्रधानन्यायाधीशविना संवैधानिक इजलास नबस्न अन्तरिम आदेश दिएको थियो ।

सो आदेशका कारण न्यायाधीश फुयाल आलोचित भएका थिए ।अधिवक्ता दीपकविक्रम मिश्रले अधिवक्ता रेग्मीको सो रिट संवैधानिक इजलासमा पठाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सो निवेदनलाई प्रधानन्यायाधीश जबराले प्रशासनिक टिप्पणीमार्फत संवैधानिक इजलासमा पठाएका हुन् ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्