Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि आचार्यले राजीनामा घोषणा गरेका हुन् ।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ ९१० को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

तर प्रस्ताव तत्काल मतदानमा लगिएन । प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच रोखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यको दाबी छ ।

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्