Logo
६ जेष्ठ २०८१, आईतबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोकरको अवतारमा आएका युवकले रेलभित्र आक्रमण गरेपछि…!

अहिले मानिसले घटना घटाउन अनेक उपाय अपनाउने गर्छन् । त्यस्तै घटना जापानमा भएको छ । जापानमा ‘जोकर’को भेषमा आएका २४ वर्षीय युवकले रेलका यात्रुहरूमाथि आक्रमण गरेका छन् ।

आइतबार राति भएको आक्रमणमा परी ‘हलोविन पार्टी’मा जाँदै गरेका १७ जना घाइते भएका जनाइएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार ‘ब्याटम्यान कमिक’मा आधारित जोकरको भेषमा आएका ती व्यक्तिले तरल पदार्थ छर्केर आगो लगाएका थिए ।

उक्त हमला स्थानीय समयानुसार रातको ८ बजेतिर कोकुर्यो ट्रेन स्टेसनमा भएको हो।ती व्यक्तिलाई प्रहरीले घटनास्थलमै पक्राउ गरेको छ।

केही स्थानीय पत्रपत्रिकाका अनुसार संदिग्घ व्यक्तिले आफूलाई फाँसी होस् भनेर मानिसहरूको हत्या गर्न लागेको उल्लेख गरेका छन्। एजेन्सी

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्