Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशले गरे बन्दी प्रत्यक्षीकरण बाहेक अरु मुद्दा स्थगित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बन्दी प्रत्यक्षीकरणबाहेक अरु मुद्दा आज स्थगित गरेका छन् । प्रधानन्यायाधीशले आज पेसी तोक्दा बन्दी प्रत्यक्षीकरणबाहेकका अरु मुद्दा स्थगित गरेका हुन् ।

असन्तुष्ट न्यायाधीशहरूले आइतबार तीन सदस्यीय वार्ता टोली गठन गरेपछि प्रधानन्यायाधीश जबराले सकारात्मक रेस्पोन्स गरेका हुन् ।

हिजो न्यायाधीशहरूको बैठकले सपना मल्ल प्रधान, अनिल सिन्हा र मनोज शर्माको वार्ता टोली गठन गरेको थियो ।बन्दी प्रत्यक्षीकरणका लागि ६ वटा इजलास गठन गरिएका छन् ।

न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका छन् । त्यससँगै प्रधानन्यायाधीश राणाले आफ्नो इजलास भने जारी राखेका थिए ।

आज उनले आफ्नो पनि इजलास नतोकेपछि न्यायाधीश र प्रधानन्यायाधीशबिच संवादको वातावरण बन्ने अपेक्षा छ ।न्यायाधीशहरुले पेसी स्थगित गरेर केही दिन बिदामा बस्ने आशयको सन्देश प्रधानन्यायाधीशलाई पठाएको बुझिएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।

उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् ।

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्