Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बिहीबार दिउँसो ३ : ३० बजे मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।

मुख्यमन्त्री पाण्डेसँग कांग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् ।

क्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टी जसपाका १ गरि ५९ सांसदको समर्थन छ ।

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्