Logo
५ जेष्ठ २०८१, शनिबार
(October 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा ७७६ जनामा कोरोना पुष्टि, ५०१ संक्रमणमुक्त र १३ को मृत्यु

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण घटीरहेको छ । पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरमा गरीएको ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ५०१ जना कोरोना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति: Oct 25, 2021

प्रतिक्रिया दिनुहोस्