Logo
५ जेष्ठ २०८१, शनिबार
(October 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसारकै ठूलो ९९३ किलोको फर्सी !

अमेरिकाका एक किसानले ९९३ किलोग्रामको फर्सी फलाएर कीर्तिमान कायम गरेका छन्। हालै सम्पन्न विश्व फर्सी तौल च्याम्पियनसिप २०२१ मा उनले सो फर्सी प्रदर्शन गराएका हुन्।

जेफ अलमेयर नामका किसानले उक्त प्रदर्शनमा १९ हजार सात सय नौ डलर पुरस्कारसमेत पाएका छन् ।भूतपूर्व वासिङटन राज्य यातायात विभागका इन्जिनियर अलमेयरले आफ्नो पेसागत ज्ञान फर्सी फलाउनमा पनि रचनात्मक रूपमा लगाएका बताएका छन्।

सोही विवेकले नै संसारकै ठूलो फर्सी फलाउन सकेको उनले प्रतिक्रिया दिएका छन्। उनले सन् २०१८ मा २,४६९ पाउन्डको फर्सी फलाएर पुरस्कार जितेका स्टीभ ड्यालिट्सबाट बीउ किनेका थिए।

प्रकाशित मिति: Oct 24, 2021

प्रतिक्रिया दिनुहोस्