Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकार र विप्लव नेतृत्वबीच भएको सहमति कार्यान्वयनका लागि गृहमन्त्री खाँडद्धारा छलफल

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि गृहमन्त्री बालकृष्ण खाँणले छलफल गरेका छन् ।

सहमति कार्यान्वयनको लागि दबाब बढाइरहेको बेला उनले उपाय खोज्न आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, कानुन सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा गृहमन्त्री खाणले सहमति कार्यान्वयका लागि नेपाल कम्युनिष्ट पार्टीका नेताहरूसँग भएका वार्ता र सो पार्टीको मागबारे जानकारी गराका थिए ।

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएसँगै विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा प्रवेश गरेको थियो ।

आजको छलफल मुख्यत सहमतिको बुदाँ नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ,’ भन्ने विषयमा केन्द्रित रह्यो ।

कानुन सचिव सापकोटा र महान्यायाधीवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदीबन्दीलाई रिहाइ गर्न मिल्ने भन्नेबारे जानकारी गराएका थिए ।

सचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाइका लागि सिफारिस भएका अधिकांशको रिहाइ भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मुद्धा भने बाँकी रहेको जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Oct 17, 2021

प्रतिक्रिया दिनुहोस्