Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीलाई कारबाहीको माग गर्दै अख्तियार कार्यालय अगाडि जनमतका कार्यकर्ताको प्रदर्शन

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मुख्यमन्त्री सहित सबै भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गरेका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरबाट नारा जुलुश गर्दै महोत्तरीको बर्दिबास पुगेर अख्तियारको कार्यालय घेराउ गरेका हुन् । भ्रष्टाचारसम्बन्धी फाइलहरु नियन्त्रणमा लिए पनि माथिको राजनीतिक दबाब भएको भन्दै मुद्दा दर्ता नगरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताइएको छ ।

अख्तियार कार्यालय घेराउको क्रममा जनमत पार्टीका कार्यर्ताहरुले ‘भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई छाड्नु हुँदैन, भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर, मधेसी जनता के भन्छ- भ्रष्टाचारीलाई जेल दे भन्छ’ जस्ता नारा लगाएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतसहित सबै भ्रष्टाचारीमाथि कारबाही गर्न अख्तियार बर्दिबास प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।जनमत पार्टीले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरेको थियो ।

‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दबाब परेको छ ।

 

प्रकाशित मिति: Oct 6, 2021

प्रतिक्रिया दिनुहोस्