Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरनेट सेवा अवरुद्ध भए विद्युत् प्राधिकरणलाई कारबाही गर्ने नेपाल दूरसञ्चारको चेतावनी

विद्युत् प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएकाले नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको छ।

विद्युत् प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सूचनामा भनिएको छ, ‘ इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबिच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक सङ्घबिच छलफल गरी विभाग समाधान गर्ने प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ। कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दूरसञ्चार ऐन २०५३ अनुसार दण्डनीय हुने व्यवस्था छ ।’

सबै पक्षको आपसी छलफलमार्फत समस्या समाधान गर्नसमेत दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित मिति: Oct 3, 2021

प्रतिक्रिया दिनुहोस्