Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! सपनामा उडेको देख्दाँ के हुन्छ ?

सपना हामी सबैले देख्ने गर्छौ । कुनै सपना सुभ फल दिने खालको हुन्छ भने कुनै अशुभ फल दिने खालको हुन्छ । सामान्यतया हामी सबैले बढी सर्प, बादर, खोला त्यस्तै उडेको सपना पनि धेरै देख्ने गछौं ।

सपना हामीले कस्तो अवस्था र कुन सपयमा देखेका छौ त्यस अनुसार सपनाको फल मिल्ने गर्छ । सपनामा तपाइले उडेर ठूला ठूला पहाड काटनु भयो र कुन दिशामा उड्नु भयो त्यस अनुसार तपाईलाई सपनाको फल मिल्ने गर्छ । सपना उड्नु राम्रो सपना मानिन्छ । सपनामा पूर्व दिशामा उड्नु हुन्छ भने यसले कार्य सफलताको संकेत रहेको छ ।

बुद्धि विवेकमा वृद्धि हुने छ भन्ने संकेत गर्दछ । तपाइले उडेर उतर दिशातिर ठूला ठूला पहाड काट्दै आकाशमा उड्दैँ हुनुन्छ भने यस्तो सपनाले तपाईको पारिवारिक समवन्धमा बृद्धि हुँदै जानेछ भन्ने संकेत गर्छ भने अर्र्को व्यापार व्यवसाय अनि कुनै धनसम्वन्धी समस्यामा तपाई हुनुन्थ्यो भने त्यो हटेर जानेछ भन्ने संकेत गर्छ ।

यदी तपाईले दक्षिण दिशा तर्फ उड्दै गरेको सपना देख्नु भयो भने यस सपना त्यति राम्रो मानिदैँन यस्तो सपना देखियो भने विरामीको हुने संकेत साथै धन हानिको संकेत गर्छ । यदी पश्चिम तिर उडेको सपना देखियो भने यस्तो सपनाले मिश्रित फल दिने गर्छ ।

प्रकाशित मिति: Sep 30, 2021

प्रतिक्रिया दिनुहोस्