Logo
६ जेष्ठ २०८१, आईतबार
(September 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले सार्वजनिक गर्यो थप तीन जिल्लाको क्रियाशील सदस्यता नामावली सूची

नेपाली कांग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यको नामावली सूची सार्वजनिक गरेको छ ।

पार्टीको वेबसाइटमार्फत कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश नम्बर २ का धनुषा र सर्लाही तथा सुदूरपश्चिमको कैलाली जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएका क्रियाशील सदस्यको नयाँ र नवीकरण गरिएको सदस्यता सूची पार्टीको वेबसाइटमा प्रकाशित छ । कांग्रेसमा अझै ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन बाँकी छ । यीमध्ये अधिकांश प्रदेश नम्बर २ का जिल्ला छन्।

प्रदेश २ का रौतहट, बारा, पर्सा र सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी छ भने बागमती प्रदेशको रसुवा जिल्लाको क्रियाशील सूची पनि सार्वजनिक हुन सकेको छैन।

प्रदेश २ का सिराहा, धनुषा, महोत्तरी र सर्लाहीको भने क्रियाशील विवरण सार्वजनिक भइसकेका छन्। क्रियाशील सदस्यता सार्वजनिक भएका ठाउँमा अब वडा अधिवेशन गर्ने बाटो खुलेको छ।

वडा अधिवेशन गर्न क्रियाशील सदस्य मतदाता हुन्छन् ।कांग्रेसले २१ हिमाली जिल्लामा यही असोज १८ मा जिल्ला अधिवेशन गर्ने भनेको छ। डोल्पा र रसुवामा अधिवेशनका काम नै सुरु हुन सकेका छैनन्।

प्रकाशित मिति: Sep 29, 2021

प्रतिक्रिया दिनुहोस्