Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप ११५८ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्‍यु

आज देशभर ११५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

त्यस्तै आज देशभरमा १ हजार ३१८ जना कोरोनामुक्त भएका छन् । योसँगै ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् ।

जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्