Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार बैठक भोलि (बुधबार) बिहान ११ बजे बस्नेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्थतका कारण बैठक सारिएको उनले बताए ।

आज बोलाइएको बैठकमा विभिन्न सम्मेलनको मिति टुङ्ग्याउने, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, आयोगहरुको फर्मेसन गर्ने एजेन्डा थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा जाने मन्त्रीका विषयमा टुङ्गो लगाउन बैठक सारिएको हुन सक्ने एक नेताले बताए ।

उनका अनुसार मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्