Logo
६ जेष्ठ २०८१, आईतबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक युवकले भैसीको मृत्युमा श्रद्धान्जली सभाको आयोजना गरेपछि…!

संसार विचित्रको छ ! हाम्रा बुढापाका अग्रजहरुले भन्ने गर्नुहुन्थो बाच्नुमात्र पर्छ के के देखिन्छ के के ! अहिले यो भनाइ पनि सार्थक सावित हुँदै गएको छ । यो संसारमा अनौठा अनौठा घटना घट्ने गर्छन् ।

संसार समुन्द्र हो !यहाँ जस्ता पनि घटना घट्ने गर्छन कतिपय हामीलाई सामान्य लाग्छ भने कतिपय हामीलाई अलि विश्वास गर्न नै गाह्रो हुने गर्छ । त्यस्तै घटना भारतमा घटेको छ ।

भारत बहुजाती र बहुसंस्कृति भएको देश हो । यहाँ अचम्म किसिमका घटना घट्ने गर्छन् । हामीले मानिसको मृत्यु हुँदा आफन्त र परिवारजनले दिवंगत आत्माको शान्तिको लागि श्रद्धान्जली सभाको आयोजना गरेको देखेका छौ ।

तर भारतको उत्तर प्रदेशको एक व्यक्तिले आफुले पालेको भैसीको मृत्युमा पनि श्रद्धान्जली सभाको आयोजना गरेका छन् ।श्रद्धान्जली सभामा परिवार मात्र नभएर पुरै गाउँका मानिसहरु उपस्थित भएका थिए । श्रद्धान्जली सभामा उपस्थित व्यक्तिहरुलाई भोजको पनि व्यवस्था गरिएको थियो । मेरठका शकिस्त गाउँमा बस्ने सुभासको भैसीप्रति निकै लगाव थियो ।

भैसीलाई उनले ३२ वर्ष पालेका थिए । उनले भैसीलाई जनावर जस्तो नगरी घरको सदस्यको रुपमा मान्दै आएका थिए । तर, पछिल्लो केही वर्ष देखि भैसीले दुध दिन छाडेको थियो । भैसी पनि बिरामी थियो ।

सुभासले बच्चैदेखि भैसीलाई पालेको हुनाले भैसीबाट टाढा हुन चाहन्नथे । धेरै पैसा खर्च गरेर भैसीको उपचार पनि उनले गरेका थिए । तर, भैसीलाई भने बचाउन सकेनन् । अन्तत भैसीको मृत्यु भयो ।

भैसीको मृत्युपछि सुभाष र उनका परिवारले प्रिय जनावरको अन्तिम विदाईको लागि श्रद्धान्जली सभाको आयोजना गरेका हुन् । भैसीको मृत शरीरमा गाउँघरका मानिसहरुले पनि माला र फुल चढाएर ढोल बजाएर अन्तिम बिदाई गरेका थिए । सबैलाई भोज समेत खुवाएका थिए । एजेन्सी

 

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्