Logo
६ जेष्ठ २०८१, आईतबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोडलको कपाल गलत तरिकाले काटेपछि सैलुनले २ करोड जरिवाना तिरेपछि…!

यो संसारमा कति अनौठा घटना घटि रहेका हुन्छन् । जुन हामीलाई सुन्दा पनि अच्चम लाग्ने गर्छन् । त्यस्तै एक एक सैलुनको गलत तरीकाले ग्राहकको कपाल काट्दा २ करोड रुपैयाँ जरिवाना तिर्न परेको छ ।

राष्ट्रिय उपभोक्ता विवाद निस्तारण आयोगले सैलुनलाई मोडेललाई २ करोड रुपैयाँ जरिवाना तिर्न आदेश दिएको हो । दिल्लीस्थित सैलुनमा मोडेल आशना रायले अप्रिल २०१८ मा कपाल कटाएकी थिइन् ।

सैलुनमा आशनाले कपाल अगाडी लामो ‘फ्लिक्स’ राख्ने र पछाडी ४ इन्च काट्ने भनेका थिइन् । तर हेयरड्रेसरले आफ्नै इच्छाले ४ इन्च छाडेर लामो कपाल पुरै काटिदिएका थिए ।

मोडलले सबैकुरा सैलुनका म्यानेजरलाई बताए पछि सैलुनले सेवाको शुल्क नदिन भने । आशनाको केमिकल्सले पुरै कपाललाई स्थायी रुपमा नोक्सान पुर्याएको छ ।

मोडलले कपाल गलत तरीकाले काटेको र हेयर ट्रिटमेन्ट दिएर कपाललाई दिर्घकालिन नोक्सान पुर्याए पछि सैलुनले जरिवाना तिर्न परेको हो ।

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्