Logo
६ जेष्ठ २०८१, आईतबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपनबाट ढलमा खसेर बेपत्ता बालकको शव ललितपुरमा फेला

काठमाडौं कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् ।

ललितपुरको बागमती गाउँपालिका-१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताइन् ।

असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेल स्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् । शव बागमती नदि किनाराबाट मुल सडक सम्म ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​

उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा ल्याइने एसएसपी बज्राचार्यले बताइन् ।

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्