Logo
६ जेष्ठ २०८१, आईतबार
(September 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १४७६ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

आज देशभर थप १४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १५६९० जनाको कोरोना परिक्षण गरिएकोमा १४७६ संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १५५० जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५ सय ४ रहेको छ ।

त्यस्तै आज नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८१ पुगेको छ ।

नेपालमा पछिल्लो अवस्थामा २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: Sep 24, 2021

प्रतिक्रिया दिनुहोस्