Logo
६ जेष्ठ २०८१, आईतबार
(September 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस पार्टी कार्यालयमा अगाडी कार्यकर्ताद्वारा नारावाजी

नेपाली कांग्रेस सर्लाहीका कार्यकर्ताहरुले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नारावाजीसहित धर्ना दिइरहेका छन् ।

जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको नामावली काटेर केन्द्रबाट थप गरिएको भन्दै उनीहरुले धर्ना दिइरहेका छन् ।तर सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले आफूहरुमाथि दुर्व्यवहार गरेको धर्नामा बसेकाहरुले बताएका छन् ।

सर्लाहीका कार्यकर्ताको धर्नामा ऐक्यवद्धता जनाउन कांग्रेस नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, अमरेशकुमार सिंह पनि पुगेका थिए ।

पौडेल पक्षले धर्नालाई समर्थन गरेको छ । तर संस्थापन पक्षका प्रदेश मन्त्री वीरेन्द्र सिंहले दुर्व्यवहार गरेको धर्नामा बसेकाहरुको भनाइ छ ।

सर्लाहीको क्रियाशील सदस्यताका विषयमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद रहेको छ ।

प्रकाशित मिति: Sep 23, 2021

प्रतिक्रिया दिनुहोस्