Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध खेलमा छापा मार्दा कुखुराको भालेको आक्रमणबाट एक प्रहरीको मृत्यु भएपछि…!

यो संसारमा घटनाहरु अनेक घट्ने र्गछन् । हामीले प्रहरीले अपराधी अथवा मानिसलाई हानी गर्ने जनावर समात्नको लागि त आफ्नो ज्यानको खतरा मोल्ने गरेको देखे सुनेका छौ ।

अवैध खेलमा छापा मार्दा कुखुराको भालेले प्रहरीमाथि आक्रमण गर्दा एक प्रहरीको मृत्यु घटना एकदमै कम सुन्ने गरेका छौ । घटना फिलिपिन्सको हो ।

अवैध खेलमा छापा मार्दा कुखुराको भालेले प्रहरीमाथि आक्रमण गर्दा तर, फिलिपिन्समा एक प्रहरीले आफ्नो ज्यान गुमाएका छन् ।
प्रहरी मनिलामा भालेको एक अवैध लडाईमा प्रहरीले छापा मार्न गएको थियो ।

यसैक्रममा एउटा भालेले लेफ्टिनेन्ट क्रिस्चियन बोलोकमाथि आक्रमण गर्यो । भालेको हमलापछि बोलोक गम्भिर घाइते भए, उनको खुट्टाबाट निकै रगत बगेको थियो । उपचारको लागि अस्पतात लैजादै गर्दा उनको बाटोमै निधन भएको हो ।

एक रिपोर्टको अनुसार नोर्दन समरको प्रहरी कर्नल अर्नेज अपुडलले एक बयान जारी गरेका छन् । प्रहरीको बयानमा अवैध भाले लडाईमा छापा मार्दा प्रहरीको ज्यान गएको उल्लेख गरिएको छ ।

भाले र प्रहरीबीच भएको लडाईमा भालेको खुट्टामा राखिएको ब्लेडले बोलोकको खुट्टाको धमनी काटीएको थियो । घटनास्थलमा उनको निकै रगत बगेको थियो । उनलाई अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको हो ।

बोलोक भालेको लडाईमा प्रमाण जुटाउन गएका थिए । सोही क्रममा छापा मार्दा भालेको आक्रमण गरेको हो । ३ जना ब्यक्तिहरु पनि पक्राउ परेका छन् । एजेन्सी

 

 

प्रकाशित मिति: Sep 23, 2021

प्रतिक्रिया दिनुहोस्