Logo
६ जेष्ठ २०८१, आईतबार
(September 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । मंगलबारबाट बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा प्रस्तुत ५ वटा प्रस्तावमाथि छलफल हुँदै छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाका अनुसार गत सोमबारको बैठकमा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटी विस्तार, अस्थायी कार्ययोजना, चुनाव चिह्न प्रस्ताव र समसामयिक प्रस्ताव पेस गरिएको छ ।

अध्यक्ष माधव नेपालद्वारा उक्त प्रस्तावमाथि ५ वटा समूहमा आज बुधबार छलफल हुने बताएका छन् । नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि पाँच वटा समूहमा छलफल गरेर छलफल गरेर निष्कर्ष निकालि आजै बैठक सम्पन्न गर्ने पार्टीको तयारी छ ।

 

प्रकाशित मिति: Sep 22, 2021

प्रतिक्रिया दिनुहोस्