Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीले नचाहेसम्म अनियमितता हुनै सक्दैन : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीले नचाहेसम्म अनियमितता हुन नसक्ने दावी गरेका छन् ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत सोमबार महोत्तरीको बर्दिवासमा आयोजित सम्बोधन गर्दै राउतले जनप्रतिनिधि निश्चित अवधि मात्र रहने तर कर्मचारी लामो समयसम्म रहने भएकाले कर्मचारीले नचाहेसम्म अनियमितता हुनै नसक्ने राउतको दाबी गरेका हुन् ।

सोमबार  बर्दिवासमा आयोजित ‘स्थानीय तहको संस्थागत स्वमूल्यांकन सम्बन्धी समीक्षा एवं अनुशिक्षण’ कार्यक्रमलाई राउतले सुशासन कायम गराउने दायित्व कर्मचारीकै काँधमा रहेको बताए ।

देशमा सुशासन कायम गर्न कर्मचारी इमान्दार बन्नुपर्ने राउतको भनाइ छ । सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमूल्यांकन रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउनले यसलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिए ।

प्रदेश २ मा भ्रष्टाचार अन्त्यको लागि जनलोकपाल आयोग गठन भइसकेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुने त्यसकारण सचेत रहन आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्