Logo
२८ बैशाख २०८१, शुक्रबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले सबैभन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट छैन : घनश्याम भुसाल

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट नभएको बताएका छन् ।

रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । डेढ वर्षअघिको नेकपालाई सम्झिँदै भुसालले आज नेकपामात्र होइन एमालेसमेत विभाजित भएकोले लोकतान्त्रिक स्थिरता हुन्छ भन्ने जनताको विश्वासमा खेलवाड भएको बताए ।

भुसालले भने, ‘हामी आज हामी कहाँ छौं रु एमालेसमेत विभाजित भएको छ । डेढ वर्ष अगाडि हामी त्यहाँ थियौं आज यहाँ छौं । आज पनि एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट हामीलाई छैन ।’

भुसालले गौतम बुद्धको पालाका लुम्बिनी क्षेत्रकै राजा अजात शत्रुले बज्जिकामाथि आक्रमण गर्नुभन्दा पहिले बुद्धसँग सल्लाह लिएको उदाहरण दिँदै बज्जिकाहरू एकजुट भएर शत्रुमाथि आक्रमण गर्ने र कसैले परास्त नगर्ने जानकारी पाएपछि आक्रमणबाट पछि हटेको कथा सुनाए ।

उनले भने, ‘बुद्धकै पालादेखि गणराज्यको कुरा थियो । बज्जिकाहरुमा आन्तरिक लोकतन्त्र भएकाले जस्तासुकै ठूला शक्तिलाई पनि झुकाए । हामी पनि आन्तरिक लोकतन्त्र बलियो बनाउँदै गयौं भने यो धर्तिमा, यो मुलुकमा एमालेलाई हराउने शक्ति छैन, हामी फेरि पनि २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउँछौं । हामीले जान खोजेको त्यसरी नै हो ।’

एमालेले आफैंभित्र पनि हरबखत न्याय र समानता कायम गर्न सक्नु पर्ने भन्दै भुसालले आन्तरिकरूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न नसक्ने बताए ।

जति बढी कार्यकर्तालाई न्याय र समानता दिन सक्छौं त्यति नै मुलुक र जनतालाई न्याय गर्न सकिने भन्दै भुसालले एमालेभित्र कुनै व्यक्तिको पदभन्दा पनि अधिकार मागिएको बताए ।

 

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्