Logo
२० बैशाख २०८१, बिहीबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोसानको २७ औँ वार्षिक साधारण सभाबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित

कुरियर व्यवसायीहरूको छाता संगढन नेपाल कुरियर सेवासंघ (कोसान)को २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रत्येक वर्ष भदौ २१ गतेका दिन कुरियर दिवस तथा साधारण सभा आयोजना गरिँदै आएको संघले जनाएको छ ।

गत आ.वमा कोरोना संक्रमणका कारण संघले जुम मार्फत २६ औ साधारण सभा सम्पन्न गरेको थियो । तर यसपटकको सम्पन्न साधारण सभाबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको बताइएको छ ।

त्यस अवसरमा देवेन्द्र खड्काको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष – दुर्गा प्रसाद सुवेदी, उपाध्यक्ष-अनिल राजभण्डारी, त्यस्तै मनोनित उपाध्यक्ष-सञ्जय मण्डल, महासचिव-राजकुमार सामरी, कोषाध्यक्ष- तिलराज खतिवडा तथा मनोनीत सचिव-कृष्ण प्रसाद नेपाल रहेका छन् ।

केन्द्रिय सदस्यहरूमा निरञ्जन थापा, निर्मल राठी, अर्जुन के.सी.,टङ्कमणि खरेल, प्रकाश सुवेदी तथा मनोनीत सदस्य द्धय मिना आचार्य तथा किरण थापा रहेको कोसानले जनाएको छ ।

त्यस वार्षिक साधारण सभामा प्रमुख आतिथ्य गरिरहेको उवासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल कुरियर सेवासंघले सुरु गरेको सर्वसम्मत निर्वाचन प्रक्रियालाई राजनीतिक पाटीहरूले अनुसरण गर्नुपर्ने बताएका छन् ।

उनले आफ्नो व्यावसायिक यात्रा यही कार्गो क्षेत्रबाट सुरु गरेको अतीत बताएका थिए ।उनी कार्गो व्यवसायमा आउनु अघि वाणिज्य बैंक न्युरोड शाखामा कार्यरत हुँदा उनको माउन्ट पुमोरी कार्गो कम्पनी मार्फत जर्मनको डोमोटेक्स कार्पेट मेलाका लागि ५०० के.जी कार्पेट पुर्‍याउनु पर्ने सुरुमा जिम्मेवारी पाएका थिए ।

“ तर जब उनी निर्यात सामानका लागि आवश्यक डकुमेन्ट (एरोबिल) लिएर जाँच–पासका लागि त्रि.बि भन्सार विभाग पुग्दा उनलाई भन्सार अधिकृतले गलहत्त्याएर निकालेको घटना बयान गरेका थिए । ” त्यसकारण यस क्षेत्रको पिडाको बारेमा जानकारी भएकोले यस क्षेत्रको विकासका लागि आफूले सधैँ साथ दिने बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष देवेन्द्र खड्काले त्रि।बी अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियर डेस्क तथा बसपार्कमा कुरियर टर्मिनलको शीघ्र व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

सरकारी निकायबाट बेवास्ताको सिकार बनेको यो क्षेत्रको नीतिगत सुधारका लागि तदारुप्ताका साथ पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कुरियर वाणिज्यको लाइफलाइन भएकोले यसतर्फका समस्यालाई व्यवसायीहरूले अन्तरक्रिया गरी समाधान गर्नुपर्नेमा जोड्दिएका छन् ।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्