Logo
३० बैशाख २०८१, आईतबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रचण्डको उपस्थितिमा वाईसीएलको अध्यक्ष चयन हुँदै

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समिति बैठक बस्दै छ ।  बैठक वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने वाइसीएलका नेता पुष्प ओलीले जानकारी दिएका छन् ।

भदौ १२ देखि १५ सम्म भएको राष्ट्रिय भेलाले चयन गरेको नयाँ केन्द्रीय समिति सदस्यहरुको पहिलो बैठक मंगलबार बस्न लागेको हो ।बैठकले अध्यक्ष लगायतका पदाधिकारीहरु चयन गर्नेछ ।

१५ गते सम्पन्न भेलाले २३१ सदस्यीय केन्द्रीय समितिमध्ये २०४ जना निर्विरोध निर्वाचित गरेको थियो ।वाईसीएल बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी हुने बुझिएको छ ।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्