Logo
८ जेष्ठ २०८१, मंगलबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज कुशे औँसी ! पिताको मुख हेर्ने तथा पितृ तर्पण गरी मनाइदैँ

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने आज कुशे औँसी पर्व । पितृ औंशी पनि भनिने यस दिनमा बुवाको मुख हेर्ने तथा दिवंगत पितृहरुलाई तर्पण दिएर पनि यो पर्व मनाईदै छ ।

हिन्दू धर्मावलम्वीहरु आज देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन् ।वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन पनि रहेको छ ।

आज उखेलिएको कुश वर्षदिन प्रयोग गर्न मिल्दछ भने अन्य दिन उखेलिएको कुश सोही दिन मात्रै प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।

आज पितालाई आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिने र टाढा टाढा भएका सन्तानहरु पनि पितालाई भेट्न जाने चलन रहेको छ ।

पिता नहुनेहरुले उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्र्र्णेश्वरमा गई श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।काठमाडौंको गोकर्णेश्वर, नुवाकोटको बेत्रावतीलगायत पवित्र तीर्थस्थलमा श्राद्ध गर्ने गरिन्छ ।

यसो गर्दा घर, मावली र ससुराली तर्फका तीन/तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले भाद्र कृष्ण औंशीलाई ‘गोकर्ण औँशी’ पनि भनिन्छ ।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्