Logo
३० बैशाख २०८१, आईतबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीको अनेरास्ववियूद्वारा गृहमन्त्रीको पुत्ला दहन

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले मीनभवन क्याम्पस अगाडी गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।

दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो ।

दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । उक्त विषयलाई लिएर मन्त्रालयले आइतबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएको थियो ।

अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो ।

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्