Logo
२० बैशाख २०८१, बिहीबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रर्दशनकारीद्वारा बीपी स्वास्थ्य प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । काम छाडेको विरोधमा लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् ।

सबै काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् ।

बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेर आन्दोलनमा रहेको छन् ।

सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला प्रदर्शनकारीले फोडेका थिए ।जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार सोमबार दिउँसो केही समय प्रदर्शन भएपछि अहिले अवस्था सामान्य रहेको बताए ।

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्