Logo
३० बैशाख २०८१, आईतबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँगका सबै विवाद वार्ताबाट हल निकाली एमसिसी कार्यान्वयन गरौँ : भट्टराई

तस्विर : गुगल

जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक र कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बन्न आह्वान गरेका छन् ।

साथै उनले मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिसी) पास गराउन आह्वान गरेका छन्। डा.भट्टराईले सामाजिक सञ्जालमा ट्विटरमा एक स्टाटस लेख्दै सो धारणा धारणा राखेका हुन्।

आइतबार मध्यरातमा ट्विटरमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं;२.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं;३.अमेरिकासंग चिठी आदानप्रदान सहितMCCकार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्