Logo
८ जेष्ठ २०८१, मंगलबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बौद्ध धर्मावलम्बीले आज पञ्चदान पर्व मनाउँदै

आज बौद्ध धर्मसंस्कृति अनुसार पञ्चदान पर्व मनाइंदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ ।

यस दिन दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ ।

एक दिन अघि बुद्ध प्रतिमा र दान दिने वस्तु घरको कोठामा जम्मा पारिन्छ । यसरी दान गरिने वस्तु राखिएको ठाउँलाई दानशाला भनिन्छ ।

यसदिन काठमाडौंको स्वयम्भू महाचैत्यमा दान दिने र लिनेको ठुलो भीड लाग्ने गर्दछ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्