Logo
२९ बैशाख २०८१, शनिबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्मनिरपेक्षता र संघीयता देशको लागि बोझ हो ! त्यसैले तुरुन्तै खारेज गरौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएकाले धर्मनिरपेक्षता र सङ्घीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै उनले धर्मनिरपेक्षता र सङ्घीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी कार्यसम्पादन समिती सदस्य राजाराम बर्तौलाले सिद्धान्त ,नीति बिचार कमजोर बनाउने षड्यन्त्र प्रती कार्यकर्ता चनाखो हुनुपर्ने भन्दै भ्रमलाई चिरेर पार्टी र बिचार स्थापना गर्ने अभियानमा सक्रियतापुर्बक कृयाशिल हुन आग्रह गरे।

‘राजनीतिलाई भ्रष्टाचार तर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रष्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउने तर्फ सजग हुनुपर्ने’ बताउँदै उनले भने, ‘करोडौँ खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउने तर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने तर्फ मतदाता सजग हुनुपर्छ ।’

मुलुकमा ब्रम्हलुटको अवस्था रहेको ,महालेखा परीक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने टिप्पणी गरे ।

दार्चुलाका जय सिंह धामीलाई न्याय दिने विषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको भन्दै थापाले राष्ट्रियता सर्वोपरि बन्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्