Logo
३० बैशाख २०८१, आईतबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले निर्वाचनपछि फेरि सरकारमा फर्कने प्रदीप ज्ञवालीको दावी

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले निर्वाचनपछि एमाले फेरि सरकारमा फर्कने दावी गरेका छन् ।

नेकपा एमाले ललितपुर जिल्ला कमिटीले आज गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरी आफनो पार्टी सरकारमा फर्कने बताएका हुन् ।

तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न आह्वान गरे ।

प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रीपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गरे ।

प्रकाशित मिति: Sep 3, 2021

प्रतिक्रिया दिनुहोस्