Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर तथा कार्य विभाजन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रिपरिषदमा हेरफेर र कार्य विभाजन गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार हेरफेर र कार्य विभाजन गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयले आज (शुक्रबार) जारी गरेको विज्ञप्ति अनुसार सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।

यस्तै यसअघि ग्रामीण तथा सहरी विकास मन्त्री रहेका डिल्लीबहादुर चौधरीलाई पर्यटन समेत थपेर पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ ।जसपाका दुई मन्त्री पुरमति ढेंगा र सुमन शर्मा रायमाझी विना विभागीय नै छन् ।

मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू-संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गरी ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित मिति: Sep 3, 2021

प्रतिक्रिया दिनुहोस्