Logo
१५ बैशाख २०८१, शनिबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिपाठीले पनि आफ्नो पार्टीको नाम समाजवादी पार्टी राख्ने, पश्चिम् नेपालका नेताहरुको बाहुल्यता

एमालेको चुनाव चिन्ह लिई चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका नेता हृदयेश त्रिपाठीले पनि पार्टीको नाम समाजवादी राख्ने भएका छन्।

त्रिपाठीले आफ्नो पार्टीको नाम नेपाल समाजवादी पार्टी वा अन्य केहि शव्द जोडिएपनि समाजवादी भने अनिवार्य रहने बताएका छन् ।

उनको पार्टीमा पश्चिम् नेपालका नेताहरुको बाहुल्यता रहने उनले बताएका छन् । “कोहि दुईनम्बरी पार्टी भए, कोहि जातीय पार्टी भए” उनले भने -“हामि पश्चिम् नेपालका नेताहरुको बाहुल्यता रहने गरि राष्ट्रिय पार्टी बनाऔंछौं ।

यसअघि उपेन्द्र यादव नेतृत्वको दल र माधवकुमार नेपाल नेतृत्वको नवगठित दलको नाममा समाजवादी जोडिएको छ।

अवधि पत्रकार संघ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता त्रिपाठीले आगामी निर्वाचनसम्म नयाँ दल दर्ता भइसक्ने र पार्टीको नाममा समाजवादी जोडिने बताए।

उनले भने, ‘हामी कुनै पार्टीमा समावेश हुने वा एकीकरण प्रक्रियामा जान्नौं। आउँदो चुनावसम्म पार्टी छुट्टै पार्टी हुनेछ। आफ्नै दलको निर्वाचन चिन्हबाट उम्मेदवारी दिनेछौं।’

नेकपा एमालेको निर्वाचन चिन्हबाट सांसद निर्वाचित भएर मन्त्रीसमेत भएका नेता त्रिपाठीले नयाँ पार्टी गठनको अन्तिम चरणमा पुगेको प्रष्ट पारे।

‘पार्टीको नाममा समाजवादी शब्द राख्ने सहमति भएको छ। चार पाँच वटा नामबारे छलफल जारी छ। चाँडै टुंगोमा पुग्छौं’, उनले थपे, ‘दलको राजनीतिक प्रस्ताव, आर्थिक नीति, सामाजिक र सांस्कृतिक पक्ष कस्तो हुने भन्ने टुंगो लागिसकेको छ।’

देश बनेपछि मधेसका समस्या पनि हल हुने उनको जिकिर थियो। ‘मधेसका समस्या भनेको देशकै समस्या हो।

जबसम्म देश बन्दैन, तबसम्म मधेसका समस्या हल हुन सक्दैनन्। यही हाम्रो पार्टीको ठम्याइँ हो’, त्रिपाठीले भने, ‘३ दशक लामो मधेस आन्दोलनको क्रममा धेरै क्षति भयो। प्रतिफल आएन। देशका हरेक समस्या समाधान गर्दा मधेसका समस्या पनि समाधान हुनेछन्।’

त्रिपाठीले पार्टीले किसानका मुद्दालाई बढी प्राथमिकता दिने र तराई, पहाड र हिमालका किसानको प्रतिनिधित्व हुने गरी दलले काम गर्ने बताए।

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्