Logo
८ जेष्ठ २०८१, मंगलबार
(August 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैँ, यस्तो छ महत्व!

file photo

आज काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा आज नेवार समुदायले गाइजात्रा पर्व मनाउँदै छ । गाइजात्रा विशेष गरी नेवार समुदायको महत्वूर्ण पर्वको रुपमा मानिने गर्छ ।

नेवार समुदायमा गाईजात्रकाको अवसरमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा यो पर्व मनाउने गर्छन् । यो वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईको अनुहार र गणेशको चित्र अंकित गरी शहर परिक्रमा गर्ने चलन रहको । यसो गर्दा मृतकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

गाई पाल्नेहरुले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन पनि गराउने चलन छ । यो जात्रा काठमाडौं उपत्यकाका तत्कालिन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुवेपछि, रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन गाई जात्राको चलन बसालेको विश्वास छ ।

भक्तपुरमा गाईजात्राको दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरुको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने चलन छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्य(व्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

काठमाडौं उपत्यका लगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा, तानसेनलगायत देशैभर यो पर्व मनाइन्छ ।

गाईजात्राको अवसरमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यो पर्व मनाउने गरिन्छ । कोरोनाका कारण यो बर्ष पनि सिमित मानिस भेला भई यस्ता प्रहसनहरु गरिदैछ ।

गाइजात्रा पर्वको अवसरमा बाग्मती प्रदेशमा र देशैभर नेवार समुदायलाई सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति: Aug 23, 2021

प्रतिक्रिया दिनुहोस्