Logo
१६ बैशाख २०८१, आईतबार
(August 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा नेपाल (लोकतान्त्रिक) पार्टी सरकारमा सहभागी नहुने

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा जसपाबाट फुटेर अलग्गै पाटी दर्ताका लागि निवार्चन आयोगमा निवेदन दिएको महन्थ ठाकुर पक्ष सहभागी नहुने भएको छ ।

ठाकुर पक्षले राष्ट्रिय सभाका एकसहित १५ सांसद लिएर बुधबार जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पार्टीले सरकारमा नगई मधेसको मुद्दालाई उठाउने नेता सर्वेन्द्रनाथ शुक्लले बताए । देउवा सरकारले एमाले माधव नेपाल पक्षलाई सरकारमा लैजानको लागि दल फुटाउने अध्यादेश जारी गरेको थियो ।

यो अध्यादेश जारी गरेसँगै जसपा र एमाले पार्टी फुटेको छ । एमालेबाट फुटेर गएको माधव नेपाल पक्ष सरकारमा जाने भएको छ । आयोगले नेकपा एमाले समाजवादी पार्टीको सनाखत गर्ने वितिकै मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी रहेको छ ।

 

प्रकाशित मिति: Aug 20, 2021

प्रतिक्रिया दिनुहोस्