Logo
१५ बैशाख २०८१, शनिबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओलीले आज विशेष सम्बोधन गर्ने

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  विशेष सम्बोधन गर्ने भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले आज दिउँसो २ बजे भक्तपुरका एमाले कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका हुन् ।

पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ । वरिष्ठ नेता माधव नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी (नेकपा एमाले समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्ट ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् ।

अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा सम्बोधन गर्न लागेको नेता महेश बस्नेतले जानकारी दिए । आजै एक अर्को कार्यक्रममा माधव नेपालले पनि सम्बोधन गर्ने तालिका छ ।

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्