Logo
१५ बैशाख २०८१, शनिबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसहित १४ सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ ।

नेकपा एमाले (समाजवादी)पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधव नेपालसहित १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न नेकपा एमालेले सभामुख अग्नि प्रसाद सापकोटालाई ध्यानाकर्षण गराएको हो ।

सभामुख अग्निसापकोटालाई बिहीबार बिहान भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले कारबाहीका लागि ध्यानाकर्षण गराएको हो ।

एमाले स्थायी कमिटी बैठकले १ भदौमा माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । पार्टीले कारबाही गरेको जानकारी एमालेले संसद सचिवालयमा गराइसकेको छ ।

एमालेले कारबाही गरेको निवेदन पठाएपछि माधव नेपाल पक्षका सांसदहरुले यसअघि नै संसद सचिवालयमा कारबाही नगर्न भन्दै निवेदन दिइसकेका छन् ।

एमालेले कारबाही गरेका सांसदसहित नेताहरुले बिहीबार नै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दार्ताका लागि निवेदन दिइसकेका छन् ।

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्