Logo
१६ बैशाख २०८१, आईतबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यान्सरको आशंकापछि मुम्बईमा उपचार गराउँदै कांग्रेस नेता प्रदीप गिरी

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसा सदस्य प्रदीप गिरी क्यान्सरको आशंकापछि मुम्बईमा उपचार गराउँदै  छन् ।

उनको  घाँटीमा गम्भीर समस्या देखिएपछि मुम्बईको हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरुले क्यान्सरको आशंका गरेर उपचार अगाडि बढाएका छन् ।

डा. सुल्तान प्रधान नेतृत्वको टिम गिरीको उपचारमा संलग्न रहेको छ । ‘घाँटीमा देखिएको गम्भीर समस्याबारे उपचार भइरहेको छ । क्यान्सरको आशंका छ तर डिक्लियर भइसकेको छैन’, गिरीनिकट स्रोतले भन्यो ।

यसैबीच, गिरीलाई भेट्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि मुम्बई जाने भएका छन् । जनकपुरबाट दरभंगा हुँदै निधि मुम्बई जानेछन् । निधिको साथमा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे पनि जानेछन् ।

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्