Logo
१५ बैशाख २०८१, शनिबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच बालुवाटारमा भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

अहिले तीन नेताबीच भेटवार्ता जारी रहेको छ । ।बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि देउवा, दाहाल र नेपालको भेटवार्ता भएको हो ।

बालुवाटार स्रोतले तीन नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको जनाएको छ ।पाँच दलीय गठबन्धनबाट बनेको सरकारले एक महिना बढी पुग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन् ।

नेपालले पार्टी फुटाएर अर्को दल दर्ता गरेपछि अब मन्त्रिपरिषद् विस्तार हुने आंकलन गरिएको छ ।नेपालकै निर्णय नआएको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुले बताउने गरेका थिए ।

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्