Logo
५ जेष्ठ २०८१, शनिबार
(August 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यको कुनै सुविधा नलिने भन्दै प्रदेश २ प्रमुख कार्यालयबाट निजि गाडीमा बाहिरिए डा.अहिराज

राज्यको कुनै सुविधा नलिने भन्दै प्रदेश २ प्रमुखबाट पदमुक्त भएका डा. राजेश अहिराज प्रदेश २ प्रमुख कार्यालय छाडेका छन् ।

पत्रकार सम्मेलनको आयोजना गरि आफुले गरेका काम र कार्यसम्पादन तथा प्रदेश २ का विषयमा आफनो धारणा राख्दै डा।अहिराज प्रदेश २ कार्यालय छाडेका हुन् ।

निजि गाडीमा उनी बाहिरिएका छन् । गत २०७७ फागुन ७ गते शुक्रवार तत्कालिन केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीबाट प्रदेश २ प्रमुख नियुक्त भएका डा. अहिराज जाँँदाजाँदै प्रदेश २ अभाव, अपराध र अतिवादको चपेटामा परेको दावी गरेका छन् । उनले प्रदेश २ मा विभेद हटाउछु भन्नेहरुबाटै विभेद भइरहेको समेत बताएका छन् ।

पदबाट मुक्त भइसकेपछि प्रदेश प्रमुखले पाउने राज्यको सुरक्षा सहितको सेवा सुविधा आफु नलिने र त्यो सुविधा जनताको लागि हुनु पर्ने बताएका छन्।

शिरमा देश र मनमा मधेश राखेर आफु संविधान अनुसार काम गरेको र अगामि दिनमा समेत विभिन्न तवरबाट प्रदेशवासीको सेवामा रहने उनको भनाई रहेको छ ।

प्रकाशित मिति: Aug 18, 2021

प्रतिक्रिया दिनुहोस्