Logo
२४ बैशाख २०८१, सोमबार
(August 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबार मात्रै ३२७४ जनामा कोरोना पुष्टि, २७ संक्रमितको मृत्यु

आज देशभर थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४५६ र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर हजार ९२९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ५७५ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा ३ हजार २९६ भने ७९० जना आइसियुमा र १९१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।देशभर ४१५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Aug 17, 2021

प्रतिक्रिया दिनुहोस्