Logo
६ जेष्ठ २०८१, आईतबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फर्काऊन राप्रपाको माग

राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित ढंगले स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तालिबानी विद्रोहीको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ । तसर्थ अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’

यस्तै राप्रपाले बेलायती सेनामा काम गर्ने नेपालीहरुमाथि भेदभाव र असमानता कायमै रहेकाले यसको अन्त्य गर्न बेलायत सरकारसँग समेत आग्रह गरेको छ ।

ब्रिटिश सेनाका भूतपूर्व सैनिकहरुले उठाउँदै आएका मागप्रति ऐक्यबद्धता जनाउँदै राप्रपाले उनीहरुका माग पूरा बेलायत सरकारसँग आग्रह गरेको हो ।

त्यसका लागि कूटनीतिक प्रयास गर्न राप्रपाले नेपाल सरकारको पनि ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्