Logo
६ जेष्ठ २०८१, आईतबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रीय समिति बैठक जारी, प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल

नेकपा माओवादी केन्द्रको मितिको बैठक जारी रहेको छ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक आइतबारै सक्ने माओवादीको तयारी छ ।

दोस्रो दिनको केन्द्रीय समिति बैठकमा अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि केन्द्रीत रहेर छलफल भइरहेको छ । समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई सोमबार बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्नेछ ।

अध्यक्षको प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की (पार्थ क्षेत्री), वागमती प्रदेशबाट नारायण दाहाल र गण्डकी प्रदेशको नेतृत्व गर्दै हितराज पाण्डेले धारणा राखेका छन् ।

माओवादीले आठवटा समूहमा विभाजित गरेर नेताहरुलाई धारणा राख्ने व्यवस्था मिलाएको छ ।टोली नेताले धारणा राखिसकेपछि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएर बैठक समापन गर्ने तयारी भएको एक नेताले जानकारी दिएका छन् ।

ति नेताका अनुसार नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी स्थायी समितिलाई दिने तयारी भएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको माओवादीले संघीय संरचनाअनुसार नेताहरुको कार्यविभाजन गरिसकेको छैन ।

प्रदेश, जिल्ला र जनसंगठन २०७५ जेठ २ अघिको अवस्थामा क्रियाशील छन् ।

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्