Logo
६ जेष्ठ २०८१, आईतबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय समिति बैठक आजै सक्ने माओवादी केन्द्रको स्थायी समितिको निर्णय

केन्द्रीय समिति बैठक आजै सक्ने माओवादी केन्द्रको स्थायी समिति बैठकले निर्णय गरेको छ ।

आईतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज (आइतबार) नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।

बैठकमा नेताको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टलाई भोलि बस्ने स्थायी समितिको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने बताए।

आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ। समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ।

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्